Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु


  • Purbeli Press
  • सोमबार, साउन २ २०७९

विराटनगर : सुनसरीको रामधुनी २ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ ।

आइतबार साढे ४ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रन १- ०१-००१ च ७६५० नम्बरको पिकअपले को २ ह ७२९९ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ वर्षीय डम्बर कुमार दर्जी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएक दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार