Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

प्रदेश १ मा एमालेको चुनावी समिक्षा, इश्वर पोखरेल सुन्दै


  • Purbeli Press
  • सोमबार, साउन २ २०७९

विराटनगर : नेकपा एमाले प्रदेश नम्बर १ कमिटिले गत स्थानीय तहको निर्वाचनमा भएको कमि कमजोरी र आगामी रणनीतिका बारेमा छलफल सुरु गरेको छ ।

आइतकार प्रदेश कमिटिको कार्यालय बैठकले स्थानीय तहको निर्वाचनमा भएको कमि कमजोरीका बारेमा छलफल सुरु गरेको हो ।

प्रदेश कमिटिको सचिवालयको बैठक आज बस्दै छ । मंगलबार प्रदेश कमिटिको विस्तारित बैठक बस्ने जनाइएको छ ।

एमालेले सातै प्रदेशमा एक/एक जना उपाध्यक्षलाई बैठक सहजिकरण गर्न खटाएको छ । प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई खटाइएको छ ।

नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व मुख्यमन्त्री शेरधन राईले कमि कमजोरी सच्याएर प्रदेशमा एमाले अब सशक्त भएर अघि बढ्ने बताए । राईले नेपालको राजनीतमिा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढ्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार