विराटनगर : विराटनगरमा कोरोना संक्रमण बढ्दै गएको भन्दै महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । महानगरपालिकाले एकसूचना जारी गर्दै महानगरवासीलाई कोभिड संक्रमण बढिरहेकाले सचेत हुन आग्रह गरेको हो ।
महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जारी गरेको सूचनामा अत्यावश्यक नभई घरबाट बाहिर नजान, अनावश्यकरूपमा भौतिक दूरी कायम गर्न तथा मास्कको प्रयोगलाई निरन्तरता दिन साथै जनस्वास्थ्यका सबै मापदण्ड पूरा गरि सहयोग गर्न आग्रह गरिएको छ ।
आइतबार मात्र प्रदेश १ मा एकैदिन ७४ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मोरङको विराटनगरमा मात्रै ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
