Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेरास्ववियु उदयपुरमा भाडभैलो, समानान्तर कमिटि गठन


  • Purbeli Press
  • शुक्रबार, असार ३१ २०७९

विराटनगर : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उदयपुरमा भाडभैलो सुरु भएको छ । १६ औँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलले सार्वजनिक गरेको नाममा असहमति जनाउँदै असन्तुष्ट पक्षले समानान्तर कमिटिसमेत घोषणा गरेका छन् ।

बिहिबार गाईघाटमा आयोजना भएको अनेरास्ववियु उदयपुरको १६ औं जिल्ला अधिवेसनको बन्द सत्रमा अध्यक्ष मण्डलले प्रवेश ठकुरीको नेतृत्वमा नयाँ जिल्ला कमिटि घोषणा गरेको थियो । उक्त कमिटिप्रति असन्तुष्टि राख्दै अध्यक्षका आकांक्षी रहेका अश्विन कार्कीको अध्यक्षतामा समानन्तर कमिटि गठन भएको हो ।

नेतृत्वले एकलौटी ढंगले हस्तक्षेप गरेको भन्दै अध्यक्षका आकांक्षी रहेका अश्विन कार्की र सन्तोष काफ्ले निकट विद्यार्थीहरुले अधिवेशन बहिष्कार गरेका थिए । समानान्तर कमिटिको उपाध्यक्षमा सन्तोष काफ्ले रहेका छन् ।

अध्यक्षमण्डलले सार्वजनिक गरेको नामावली
अध्यक्ष मण्डलले अध्यक्षमा प्रवेश ठकुरीको नाम सार्वजनिक गरेको थियो । उपाध्यक्षमा सन्तोष काफ्ले र सचिवमा सुवास ज्यू ठकुरीलाई रहेका छन् ।

यस्तै उपसचिवमा युवराज दाहाल, श्रद्धा भट्टराई र सृष्टिका कोईराला छन् । कोषाध्यक्षमा अनिल घिमिरेलाई चयन गरिएको थियो ।

यस्तो छ समानान्तर कमिटि
समानान्तर कमिटिको अध्यक्षमा अश्विन कार्की रहेका छन् । उपाध्यक्षमा सन्तोष काफ्ले र सचिवमा सुवास ज्यू ठकुरी चयन भएका छन् ।

यस्तै उपसचिवमा पुष्कर धमला, श्रद्धा भट्टराई र युवराज दाहाल छन् । कोषाध्यक्षमा भने सृष्टिका कोईरालालाई चयन गरिएको छ ।

अध्यक्ष मण्डलका सदस्य हेम खड्काले नामावली घोषणा गर्ने क्रममा निर्णय चित्तबुझ्दो नभएको भन्दै अध्यक्षका प्रत्यासीहरु र असन्तुष्ट पक्षले नाराबाजी सहित तोडफोड गरेका छन् । असन्तुष्ट पक्षले होटल टाउन हलमा रहेको रोष्टम, कुर्सी लगायतका सामाग्री तोडफोड गरेका हुन् ।

अध्यक्ष मण्डलले गरेको निर्णय मान्न नसकिने भन्दै असन्तुष्ट पक्षले शुक्रबार समानान्तर कमिटिको घोषणा गरेको हो ।

अधिवेशनमा अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बराल, केन्द्रीय उपमहासचिव भाष्कर खनाल, एमाले प्रदेश कमिटी सहसचिव शैलेश लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार