Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा



इटहरी । सुनसरीलाई विहीबार पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि सुनसरीलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका जन्मिएदेखि १५ महिनासम्मका सबै बालबालिकाले सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चित कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मानव स्वास्थ्यका निम्ति शिक्षाबाट प्रेरित भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले भौतिक विकास भन्दा मानवीय विकास महत्वपूर्ण भएको बताउनुभयो ।
मन्त्रीकार्कीले चेतनाले समाजलाई नयाँ रुपमालिएर जाने बताउँदै श्रमको आधारमा सम्मानगर्ने वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिनुभयो । पूर्ण खोप सुनिश्चितताकानिम्ति स्वास्थ्य स्वमय सेविका, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुले पु¥याएको योगदानको उहाँले प्रसंशा गर्नुभयो । कार्यक्रममा इनरुवाका मेयर केदार भण्डारीले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि अब जन्मिने वच्चाहरुकानिम्ति सवैलाई सहज ढंगले खोप प्रदानगर्न कोखदेखि सोखसम्मको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम गर्न सुक्ष्म ढंगले योजना बनाएर आगामी दिनमा बढनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं १ निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, कोशी गाउँपालिका प्रमुख अयूव अनसारी, दुहवी नगरपालिका उपप्रमुख मेनुका खतिवडा लगायतले पूर्ण खोप सुनिश्चितालाई दिगो बनाउनविशेष रणनीति बनाएर अघि बढनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला स्वास्थ्यकार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले २०७२ सालबाट थालिएको अभियान आठ वर्षपछि सफलभएको बताउनुभयो । उहाँका अनुसार सुनसरी पूर्ण खोप सुनिश्चितता कायम गर्ने देशभरका जिल्लामध्ये ६६ जिल्लामा पर्छ भने प्रदेश नं १ को अन्तिम जिल्ला हो । विराटसमाचारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार