Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको एक होटलमा भिषण आगलागी


  • Purbeli Press
  • बिहिबार, असार ३० २०७९

विराटनगर : विराटनगरको एक होटलमा भिषण आगलागी भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर २ मेनरोडमा रहेको होटल नाङ्लोमा आगलागी भएको हो ।

इश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक आज दिउँसो १२ बजे आगलागी भएको हो ।

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । प्रहरीका अनुसार अहिले आगलागी निभाउने कार्य जारी रहेको छ ।

आगलागीबाट होटलका सामानहरु जलेर पूर्णरुपमा नष्ट भएको छ । होटलको ग्यास सिलेन्डरको पाइपल लिकेज भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार