Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बीजेपीको निम्तोमा प्रचण्ड दिल्ली जाँदै


  • Purbeli Press
  • बिहिबार, असार ३० २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदैछन्।

भारतीय जनता पार्टी (बीजेपी) निम्तोमा उनी नयाँदिल्ली जान लागेको खुमलटार स्राेतले जनाएकाे छ।

शुक्रबार दिउँसो १ बजे प्रचण्डसहितकाे एउटा टाेली भारत प्रस्थान गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।

भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले बीजेपी अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नेछन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न चाहन्छन्। सम्भवतः उनी अन्य उच्चस्तरीय भेटवार्तामा सक्रिय हुनेछन्।

प्रधानमन्त्री मोदी–प्रचण्ड भेटवार्ताका लागि काठमाडौंस्थित भारतीय दूतावास खटिएकाे लैनचाैर स्राेतले जनाएकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा दिल्ली भ्रमणमै रहेका बेला प्रचण्ड पनि भारत जान लागेका हुन्। स्राेतका अनुसार नयाँदिल्लीमा प्रचण्ड र आरजुले बीजेपीका शीर्ष नेताहरूलाई सँगसँगै भेट्ने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार