Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरकाे मेरिल्याण्डले पायाे शिक्षा सेवा सम्मान



विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान २०७९ बाट सम्मानित भएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा फोकस नेपाल संस्थाले बुधबार मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान प्रदान गरेको हो । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कलेजका प्रिन्सिपल लक्षमण ढकाललाई कदर पत्र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री माननिय उमेश श्रेष्ठ, हिसानका अध्यक्ष रमेश कुमार शिलवाल लगायत विशिष्ट अतिथिहरुको उपस्थिति थियो ।
मेरिल्याण्ड बिस वर्षदेखि व्यवस्थापन शिक्षामा आफूलाई अब्बल सावित गर्न सफल छ ।
हालसालै बीबीएस तेस्रो वर्षको परीक्षामा मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवाल सर्वाधिक ८२.२ प्रतिशत अंक प्राप्त गरी नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७७ सालमा लिइएको विविएस दोस्रो वर्षको रिजल्टमा मेरिल्याण्डकी राजलक्ष्मी अग्रवालले ७५.४० प्रतिशत अंक ल्याएर प्रदेश प्रथम भएकी थिइन् ।
०७६ सालमा रोहित कार्कीले बीबीएस चौथो वर्षमा ८४.३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । ०६९ सालमा त्रिवि टप गरी किन्जल पोखरेलले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार