Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बुधबार विराटनगर आउने


  • Purbeli Press
  • मंगलबार, असार २१ २०७९

विराटनगर : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल विराटनगर आउने भएका छन् ।

प्रेस चौतारी मोरङको आयोजनामा हुन गैरहेको ‘शालिग्राम-मन्जु दाहाल शिक्षा पत्रकारीता पुरस्कार वितरण समारोह’ लाई सम्बोधन गर्न पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल विराटनगर आउने भएका हुन् ।

सोही अवसरमा प्रेस चौतारीले ‘जबज र आजको सान्दर्भिकता बिषयक अन्तर संवाद’ कार्यक्रमसमेत गर्ने भएको छ ।

कार्यक्रम असार २२ गते बुधबार दिउँसो १ बजेबाट विराटनगरको कृष्ण होटलमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार