Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ सरकारले संसदीय समितिका निर्देशनहरू पालना नगरेको आरोप


  • Purbeli Press
  • आइतबार, असार १९ २०७९

विराटनगर : प्रदेशसभाको समयावधि सकिनै लाग्दा संसदहरुले आआफ्नो अनुभव सुनाएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रमा सरकारले संसदीय समितिका निर्देशनहरू पालना नगरेको सभापतिहरूले गुनासो गरेका छन् ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सुरुवाती दिनमा आफूले मैनवत्ती बालेर पदभार ग्रहण गरेको अनुभव सुनाए । उनले केही पनि संरचभना विना सुरु गरिएको प्रदेशको अभ्यास विस्तारै लयमा आएको बताए । उनले भने, ‘विस्तारै अघि बढ्दै छ अब केही अगाडी बढ्छ । ’

संसदीय पत्रकार मञ्चले प्रदेशमा संसदीय पत्रकारिता चुनौती र सहकार्य विषयमा गरेको कार्यक्रममा संसदको अभ्यास र संसदीय समितिका भोगाइको विषयमा पनि चर्चा गरिएको थियो।

नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशमा सबै केन्द्रले आफ्नो नीति लागु गरको बताए । उनले अहिलेको प्रदेशलाई केन्द्रले पार्टीको भातृ संगठन जस्तो बनाएको बताए । ‘यस्तो भएको छ कि नेपाली कांग्रेसले नेविसंघ चलाए जस्तो प्रदेशलाई केन्द्रले चलाएको छ,’ उनले भने ।

प्रशिक्षण अनुभव र केही नहुँदा साथै दलहरुको किचलोबीच पनि प्रदेश सफल भएको र यसलाई अझै पछिल्ला दिनमा अगाडी बढाउन अहिलेको अनुभव प्रभावकारी हुने उनले बताए ।

नेकपा एमालेकी उपनेता यशोधा अधिकारीले विविध समस्याका बीच प्रदेश अगाडी बढीरहेको बताइन् । पहिलेको भन्दा अहिले प्रदेशमा धेरै सुधार हुँदै गएको उनको अनुभव छ ।

प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवाले सुरुवाती समयमा नयाँ संरचना भएकाले आफूहरु अलमलमा परेको बताए । साँवाले प्रदेश १ सरकारमा निर्माण भएका समितिहरु जुन ढंगले सक्रिय हुनुपर्ने थियो, त्यो अनुसार हुन नसकेको पनि बताए ।

संसदीय समितिले दिएको निर्देशन प्रदेश सरकारले पालना नगरेका कारण समितिहरु प्रभावकारी बन्न नसकेको उनीहरुले बताएका छन् ।

पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले संसदीय पत्रकार मञ्चको औचित्यमाथि कार्यक्रममा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेकपा एमालेका सचेतक बिमल कार्की, सुर्यबहादुर राई, पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, पत्रकार महासंघ प्रदेश १ का निवर्तमान अध्यक्ष विक्रम लुइटेल, वरिष्ठ पत्रकार अनन्तराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार