Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता


  • Purbeli Press
  • बिहिबार, असार १६ २०७९

तस्बिर- राजन काफ्ले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।

कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतम अध्यक्ष ओलीलाई भेट्न बिहीबार बिहान बालकोट पुगेका हुन्।

एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम बालकोट पुगेका हुन्। नयाँ पार्टी घोषणा गरेको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन्।

‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो। सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनुभएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार