Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीको बजेट २ अर्ब १८ करोड, यस्ता छन् विशेष योजना



इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को लागि २ अर्ब १८ करोड ६ लाखको बजेट तयार पारेको छ ।
चालु आर्थिक वर्षमा २ अर्ब १७ करोड ४५ लाखको बजेट तयार गरिएकोमा आगामी आर्थिक वर्षको लागिसमेत सोही हाराहारीमा बजेट बनाएको हो ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपमेयर संगीता चौधरीले चालु आर्थिक वर्षको असार सम्ममा २ अर्व ५ लाख ९३ हजार रुपैया मात्र प्राप्त हुने संशोधित अनुमान गरिएको जानकारी गराइन् ।
आगामी आर्थिक वर्षको लागि आन्तरिक स्रोतबाट ३६ करोड रुपैया उठाउने लक्ष्य लिइएको छ । आन्तरिक आयमा पनि घरबहाल कर दोब्बर संकलन गर्ने लक्ष्य लिइएको छ ।
यसअघि द्वारिकलाल चौधरी नेतृत्वको स्थानीय सरकारले सुरु गरेका सबै योजनालाई आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाउने भएको छ । जसमा बहुवर्षिय योजना, बहुजातिय संग्रालय, शीत भण्डार सहितको कृषि बजार, फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्र, जनता पार्क निर्माण जस्ता गौरवका योजनाहरु छन् ।
शुक्रबार उपमेयर संगीता चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुराना सबै ठूला योजनालाई प्राथमिकता दिँदै नयाँ योजनाहरु सुरुवात गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा केही कार्यहरुलाई विशेष भनेर उल्लेख गरिएको छ । जसमा बुढी गंगा जमुना मुक्तीघाटको थप विकास गरी धार्मिक पर्यटकिय क्षेत्रको रुपमा संरक्षण र प्रवद्र्धन गरिने, थारु जातीलाई प्रथम जाति घोषित गरि उनीहरुका ग्रामथानहरुलाई संरक्षण प्रबद्र्धन गरिने, इटहरी ५ मा रहेको पञ्च महालक्ष्मी सत्संग सामुदायिक भवनलाई प्रदेशस्तर सामुदायिक भवनको रुपमा विकास गरिने, जातिय धर्म संस्कृति परम्परा अनुसारका शव दाह स्थलहरुलाई विकास गरिने, २ वटा शवबाहन खरिद गरि इटहरी क्षेत्रभित्रका नागरिकहरुको मृत्यु भएको शबलाई स्थानीय घाटसम्म निःशुल्क पुर्याउने व्यवस्था मिलाइने उल्लेख छ ।
इटहरी अस्पतालमा विशिष्टिकृत सेवाहरु बिस्तार गर्दै लगिने, हरेक ३ महिनामा सामुदायीक बिद्यालयका बिद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइने, प्रसुती सेवा उपलब्ध गराउन अनुमति प्राप्त स्वास्थ्य संस्थामा प्रसुती भएका महिलालाई मातृ शिशु पोषण कार्यक्रम अन्तर्गत स्याहार तथा पोषण खर्च २ हजार एक सय रुपैया उपलब्ध गराइने, ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महिनामा एकपटक घरमै पुगेर स्वास्थ्य जाँच तथा औषधी निःशुल्क दिनेसमेत व्यवस्था गरिएको छ ।
यस्तै स्थानीय पाठ्यक्रम निर्माण गर्ने, सामुदायिक विद्यालयसँग कार्यसम्पादन मूल्याङ्कनका आधारमा दण्ड तथा पुरस्कारको व्यवस्था गरिने, सार्वजनिक जग्गा उपलब्ध हुने वडामा खुल्ला व्यायामशालासहितको पार्क निर्माण गरिने उल्लेख छ ।
इटहरी वडा नं। ९ मा शीतभण्डार बनाइने, ५ कठ्ठासम्म फलफूल खेती गर्ने कृषकलाई प्रोत्साहन दिने, पशुपन्छीहरुमा लाग्ने रोग नियन्त्रणको लागि घुम्ति शिविरको व्यवस्था गरिने उल्लेख छ ।
घर नक्सा पास गर्दा कम्तीमा २ वटा बहुबर्षिय बिरुवाहरु रोपेर हुर्काउनु पर्ने नियम बनाइएको छ । नयाँ कालोपत्रे सडकहरुमा ड्रेनको व्यवस्था गरेर मात्र सडक कालोपत्रे निर्माण कार्यलाइ अगाडि वढाइने उल्लेख छ ।
इटहरीमा घुम्ती शौचालयको व्यवस्थापन गरिने, ट्याङ्ग्रा खोलालाई बुढीमा मिसाउन अध्ययन गरिने उल्लेख छ ।
इटहरीमा भूमिहिन दलित र भूमिहिन सुकुम्बासी ६ हजार ४ सय ५०, अव्यवस्थित बसोबासी ५ हजार ८ सय ४९ जनाले लगत संकलन फर्म भरेको उल्लेख गर्दै अभिलेख तयार गरी भूमि व्यवस्था आयोगमा पठाउने कार्य भएको जानकारी दिइएको छ । भूमि आयोगले प्रमाणीकरण गरेकाहरूलाई पूर्जा वितरण गर्ने कार्यक्रम छ । यस्तै जनताबस्तीको समस्या समाधानका निम्ति प्रदेश सरकार मार्फत सङ्घीय सरकारसँग ठोस पहल र प्रयत्न गरिने उल्लेख छ ।
निजि क्षेत्रसँगको सहकार्यमा नगरमा एक घरेलु औद्योगिक ग्राम ९हेन्डीक्राफ्ट भिलेज०को स्थापना गरिने उल्लेख छ । यस्तै सङ्घ, प्रदेश सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा एक “प्रदर्शनीस्थल” स्थापना गर्न पहल गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । इटहरी नगरको कुनै एक स्थानमा सवारी साधन प्रवेश नगर्ने गरी सडक पार्कको निर्माण गर्ने योजना बनाइएको छ ।
भ्रष्टाचारमुक्त सेवा प्रदान गरिने, कर्मचारीको खाजा भत्ता दैनिक रु। १३३।३३ लाई बढाएर १६६।६६ रुपैया बनाउने र सर्वोत्कृष्ठ कर्मचारीहरुलाई नगद पुरस्कार दिइने व्यवस्था गरिएको छ । यस्तै जनप्रतिनिधि तथा कर्मचारीहरुले समयमा नै पेश्की तथा बेरुजु फछ्र्यौट नगरेमा पारिश्रमिक, तलब भत्ता समेत रोक्का गरी असुल उपर गरिने व्यवस्था गरिएको छ ।
सूचिकृत बेरोजगार व्यक्तिहरुलाई १०० दिनको न्यूनतम रोजगारी समावेश गरिने उल्लेख छ । न्युजलयबाट

प्रतिक्रिया
सम्बन्धित समाचार