Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसले साथ दिए आधा घण्टामै प्रदेशको नामाकरण : पूर्वमुख्यमन्त्री राई


  • Purbeli Press
  • बिहिबार, असार २ २०७९

विराटनगर : पूर्वमुख्यमन्त्री शेरधन राईले नेपाली कांग्रेसले सहयोग गरेमा प्रदेश १ को नामाकरण आधा घण्टामै टुङ्गो लाग्ने बताउनुभएको छ ।

बिहिबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एमालेभित्र नामको समस्या नभएको बताउँदै कांग्रेसले सहयोग गरेमा एमालेले संसदीय दलमा आधा घण्टामै नाम टुङ्ग्याउने राईले बताउनुभयो ।

आफ्नो कार्यकालमा पार्टीभित्रको आन्तरिक समस्याले नाम टुङ्गो लगाउन नसकेकोमा आफूलाई अपसोच लागेको बताउँदै उहाँले अब एमालेकै नेतृत्वमा नाम टुङ्गो लाग्ने बताउनुभयो ।

कांग्रेस र एमाले प्रदेशमा मिल्दा दुई तिहाइ नपुग्ने २/३ जनाको संख्या एमालेले नै खोजेर पुर्याउने राईले दाबी गर्नुभयो । उहाँले बाँकी प्रदेशको अवधिभित्रै नाम टुङ्ग्याउने गरी एमालेले पहल थालेको जानकारी दिनुभयो ।

नामको सम्बन्धमा दलहरुबीच छलफल सुरु भएको र यसले चाडै नै निकास पाउनेमा आशावादी रहेको राईले बताउँनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार