Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी


  • Purbeli Press
  • मंगलबार, जेष्ठ ३१ २०७९

चितवन : जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) को मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।

जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।

गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् ।

उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् । जिल्लाका सात पालिका मध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार