Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको पहिलो कार्यपालिका बैठक, मेयर उपमेयरले मागे ३५ करोड


  • Purbeli Press
  • आइतबार, जेष्ठ २९ २०७९

विराटनगर : विराटनगर महानगरपालिकाको कार्यापालिका पूर्ण भएपछि आइतबार पहिलो बैठक बसेको छ ।

बैठकमा बजेट निमार्ण र अन्य विविध पक्षका विषयमा छलफल भएको महानगरपालिकाले जानकारी दिएको छ । आगामी वर्षको लागि कति बजेट छुट्याउने र कस्तो कार्यक्रम बनाउने भन्ने विषयमा छलफल भएको छ ।

छलफलमा प्रस्तावको रुपमा १९ वटा वडालाई २५ करोड रुँपैया र मेयर उपमेयरलाई ३५ करोड रुँपैया छुट्याउनु पर्ने विषयले प्रवेश पाएको छ । वडा अध्यक्षहरुले भने सो विषयमा असहमति जनाएका छन् । उनीहरुले वडाको सिलिङ रकम कम्तिमा २ करोड हुनुपर्ने माग गरे । उनीहरुले मेयर र उपमेयरका लागि छुट्याउन प्रस्ताव गरिएको रकम पनि जायज नभएको बताए ।

कार्यापालिका सदस्य वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले बजेटको विषयमा प्रारम्भिक छलफल मात्र भएको बताए । उनले बजेटको प्रारुप ल्याउनको लागि छलफल अझै हुने बताए । कार्यापालिका सदस्यहरुले यथार्थ परक बजेट मात्र ल्याउन सुझाव दिएका छन् । कार्यपालिका बैठकले विभिन्न सडक निमार्णको म्याद थप लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार