Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गठबन्धनमा रहेका कुनै पनि दलले एमालेसँग एकल प्रतिस्पार्धा गर्न सक्दैनन् : ओली


  • Purbeli Press
  • शुक्रबार, जेष्ठ २७ २०७९

file photo

विराटनगर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकप्रिय मतका आधारमा एमाले नै मुलुकको पहिलो पार्टी भएको बताएका छन्।

एमाले मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै ओलीले स्थानीय तहको चुनावमा केही सीट कम जिते पनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी नेकपा एमाले नै भएको बताए ।

एमालेसँग असाधारण प्रतिस्पर्धा गर्ने क्षमता भएको बताउँदै ओलीले एमालेसँग एक्लै चुनाव लड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग नभएको बताए ।

आगामी संघ र प्रदेशको निर्वाचनमा पनि एमाले एक्लै प्रतिस्पर्धामा उत्रिने उनले बताए । एमालेलाई कुनै दलसँग गठबन्धन गरिरहनुपर्ने आवश्यकता नै छैन् । नेकपा एमालेको गन्तव्य भनेको सुखी नेपाल समृद्ध नेपाली हो । गठबन्धन यसको विरोधी हो । त्यसकारण एमालेले त्यस्ता प्रतिगामीहरुलाई पराजित गर्नुपर्छ । अध्यक्ष ओलीले भने ।

निर्वाचनका माध्यमबाट आफ्ना जनप्रतिनिधि मार्फत अनेक तहमा आफ्ना नीतिहरु स्थापित गर्दै कार्यान्वयन गर्दै देशलाई अगाडी बढाउने काम नेकपा एमालेले गर्ने ओलीले बताए ।

ओलीले पाँच दलीय गठबन्धन टुटाएर निर्वाचनमा जाँदा धुलोपिठो हुने भएकाले अहिले नै पाँच दलीय गठबन्धन नटुट्ने पनि बताए । साथै, ओलीले आफूलाई साँढे र गठबन्धनमा रहेका केही दललाई बाख्रासँग तुलना गरेका छन् ।

सयौँ कार्यकर्ता एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका चर्चित युवा नेता विजय कामतसहित सयौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नवआगन्तुक कार्यकर्ताहरुलाई बृहत कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

पार्टी अध्यक्ष केपी ओली सहभागी भएको कार्यक्रममा नेपाली काङ्ग्रेस, माओवादी जसपा लगायतका दलबाट सयौँ कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार