Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट अवैधरुपमा भन्सार छली गरी ल्याएको समान बरामद



विराटनगर : मोरङको विराटनगरका दुई छुट्टा छुट्टै स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका विराटनगर महानगरपालिका वडा नम्बर १२ बाट अवैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि १ लाख ९४ हजार मुल्य बरावरको लत्ता कपडा बरामद गरेको हो ।

त्यस्तै विराटनगर ६ केसलिया रोडबाट ना.४. ख १६७८ नम्वरको ट्रकमा अन्दाजी २३ लाख ७५ हजार मुल्य बरावरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छलि भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार