Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडाबाटै घरको नक्सा दिने सुन्दरहरैचाकाे निर्णय



विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाले अब वडाबाटै घरको नक्सा पास गर्ने भएको छ ।
नगर प्रमुख केदार प्रसाद गुँरागाईले पदभार ग्रहणको क्रममा यस्तो व्यवस्था गर्ने निर्णय गरेका छन् । ‘ओभरसियरहरु वडामै छन् । उनीहरुलाई केही समस्या भए नगरपालिकाबाट इञ्जिनियर पठाउँछौँ । सबै काम वडावाटै सकेर सेवाग्र्राहीले प्रमाणपत्र लिन भने नगरपालिका आउनुपर्छ’, उनले भने ।
यस्तै आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने निर्णय पनि उनले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार