Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महानगरकाे उपमेयर उम्मेदवार कार्की विरूद्धकाे उजुरी खारेज, कीर्ते गरेको विपक्षीको आरोप



विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।
कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै परेको उजुरी कार्कीले राजीनामा गरेको कागजात पेश गरेपछि खारेज गरेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अब कार्कीको उम्मेदवारी कायम भएको छ ।
कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले कोसी अस्पताल विकास समितिको सदस्यमा बसेर लाभ लिएको दाबीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । कोशी अस्पताल विराटनगरले वैशाख १३ गते कार्की विकास समितिमा बहाल रहेको लिखित जवाफ दिएको थियो ।
उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गरेकी थिइन् । कार्कीले दिएको राजीनामाको पत्र ७२९९ दर्ता नम्बरमा दर्ता भएको उल्लेख छ । तर मन्त्रालयले उपलब्ध गराएको कागजातमा ७२९९ दर्ता नम्बर सूर्य नेपाल प्रालिको नाममा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार