Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेस कार्यकर्ताले गरे पाेखराकाे पार्टी कार्यालय तोडफोड, २३ जना पक्राउ



पोखरा । पार्टीले उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको भन्दै नेपाली कांग्रेस गण्डकीको पार्टी कार्यालय कार्यक्रताले विहिबार तोडफोड गरेका छन् ।
पोखरा ३ तेर्सापट्टिमा रहेको कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ । उक्त २ ३ वडा नेकपा माओवादीले पाउने गरी गठबन्धनबीच प्रारम्भिक सहमति भएको थियो ।
‘नाराबाजीसहित तोडफोड भइरहेको छ भन्ने सूचनाका आधामार त्यहाँ पुगेका थियौं,’ कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले भने
, ‘त्यसमध्येबाट २३ जनालाई नियन्त्रणमा लिएका छौं । क्षतिको विवरण आउन बाँकी छ ।’ उनले तोडफोडमा कति जना संलग्न थिए भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
१८ र २४ वडा का नेता तथा कार्यकर्ताले आइतबार जिल्ला सभापतिसहितका पदाधिकारीलाई ५ घण्टा जिल्ला पार्टी कार्यालयमा थुनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार