काठमाडौं । सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले कार्यालय समय पनि बिहान ९ः३० देखि ५ः३० सम्म कायम गर्ने निर्णय गरेको छ ।
हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजे साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिनेु, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको बेला पेट्रोलियम पदार्थको आयात तथा उपभोग घटाउन सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ।
यसअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा विसं २०५६ साउन १ गतेबाट दुई दिन सार्वजनिक बिदा दिन सुरु गरिएकोमा २ वर्षपछि सो निर्णय रद्द गरिएको थियो।